झापा :  झापाको दमक नगरपालीकाका बिभिन्न स्थानमा निर्माण हुने भनिएका अरबौ लगानीका महत्वाकांक्षी योजनाहरुको काम अझै अघि बढ्न सकेका छैनन् । ति मध्येका केही योजनाको काम सुरु गरिएको भएपनि अतिनै महत्वका साथ हेरिएका ति योजनाहरुको काम अझैपनि कागजमा मात्र सिमित बनेका छन ।

दमक ३ स्थित दुम्सेमा बिश्वकै अग्लो बुद्धको मूर्ति, दमक ३ ढुकुरपानीमा भ्यु टावर , दमक १० सेतुमारीमा औद्योगिक क्लिन पार्क र दमक ९ मा दमक सभाहल निर्माण गर्ने भनिएको थियो । तर, यी योजना मध्ये दमक सभाहलको काम मात्र निर्माणाधिन अवस्थामा रहेको छ । यो बाहेकका अन्य योजनाहरु अझैसम्म कागजमा मात्र सिमित रहेका छन ।
तर अहिले पनि हिजो प्रतिवद्धता जनाइएका र शिलान्यास समेत गरि सकिएका कतिपय योजनाहरुको काम अहिले सम्मपनि अघिबढ्न नसक्दा कतै योजना नबन्नेपो हो की भन्ने आशंका पैदा हुन थालेको छ दमक ३ दुम्सेकी पूर्णकला बराललाई । ।

दमक १० तथा कमल गाउपालिका र गौरादह नगरपालीकाको क्षेत्रलाई समेटेर निर्माण हुने भनिएको दमक औद्योगिक क्लिन पार्क निर्माण गर्न २२ सय बिगाहा क्षेत्रफल आवश्यक रहेको बताइएको छ । सो पार्क निर्माणको लागी हालसम्म ९ सय ४२ बिगाहा नेपाल सरकारको उद्योग मन्त्रालयको नाममा गइसकेको जनाइएको छ भने करिब ४ सय १० बिगाह जमिनको मुअब्जाको तयारीमा रहेको बताइएको छ । पार्कका लागि आवश्यक जमिन प्राप्ति पुरा भएसंगै औद्योगिक पार्क निर्माणको काम अघि बढ्ने दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली बताउँछन् ।
एक लाख मानिसलाई प्रत्यक्ष रोजगारी समेत दिन सक्ने गरि निर्माण हुने भनिएको औद्योगिक पार्कको काम अहिले अतिनै सुस्त गतिमा रहेको छ । कुनै पनि योजना निर्माण गर्नको लागी निश्चित समय लाग्नेनै हुन्छ, तर सो योजनाहरुको काम अझसम्म पनि सुरु नै नभए पछि सर्वसाधारणमा प्रशस्त आशंका पैदा गरिदिएको छ भन्छन् दमकबासीहरु ।

दमकमा निर्माण हुनलागेका संरचनाहरु निकै ठुलो बजेटका र महत्वकाक्षी योजनाहरु रहेकाले निर्माणमा केहि बिलम्ब भएको प्रदेशसभा सदस्य अर्जुन राई समेत स्विकार गर्छन ।
दमक सभाहलको काम भने अहिले धमाधम भइरहेकोले निर्धारित समयमानै सम्पन्न हुने जनाइएको छ । नेपाल सरकारको २८ करोड ४० लाख ५८ हजार ८ सय ८८ रुपैयाको लागतमा निर्माण भैरहेको सभाहल करिब १७ कट्ठा क्षेत्रफलमा फैलिएको छ । दमकमा निर्माण हुने भनिएका र अति नै महत्वका साथ हेरिएका योजनाहरुको काम कहिले शुरु हुन्छ, भन्नेमा नै यकिन हँुन नसक्दा यसको पर्खाइमा बसेका नगरबासीहरुको बर्षनै बितिसकेको छ ।