धरान : स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको आयोजनामा रक्तदान तथा  स्वास्थ्य अन्तर्गत नाक, कान, घाँटी र दन्त शिविर बिहीबार सप्पन्न भएको छ ।

उक्त शिविर कार्यक्रममा १ सय ३ प्रिन्ट रगत संकलन भएको थियो भने स्वास्थ्य शिविरबाट करिब १ सय ५० जनाले दातको तथा १ सय २३ जनाले नाक, कान, घाँटी सम्बन्धी स्वास्थ्य परिक्षण गराएका थिए ।

क्याम्पसका सभापति तथा कार्यक्रमका सभापतित्व गरिरहेका सरगम सागर चेम्जोङले कार्यक्रममा बाल्दै २ आमा विद्यार्थीहरुलाई आफ्नो शैक्षिक बिकाससंगै समाजप्रती उत्तरदायी बनाउन रक्तदान कार्यक्रम गरिएको बताए । सभापति चेम्जोङका अनुसार बदलिँदो मौसम विद्यार्थीहरुको स्वास्थमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै स्वास्थ शिविर आयोजना गरिएको हो ।

sbu

यसैगरी कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष उमेश थापाले स्वतन्त्र विद्यार्थी युनियन जस्तो विद्यार्थीको हक र हितको निम्ति लड्ने संस्थाले सामाजिक कार्यमा योगदान पुराउने उदेश्यले यस्तो कार्यक्रम राखेकोमा खुशि लागेको बताए । थापाले भने, ‘सबै कुरा सरकारको मात्रै आसा नगरी सबैले आ–आफ्नो दायित्व निर्बाह गर्दै जाने हो भने समाज बिकास सरल हुन्छ ।’

b 5

कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष उमेश थापाको प्रमुख आतिथ्यमा भएको थियो भने काम्पसका स्वबियु सचीव दोर्ची शेर्पाले कार्यक्रम संचालन गरेका थिए । साथै विभिन्न संगठनका विदार्थी नेताहरुले समेत आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला सुनसरी र बिपि कोईराला बिज्ञान प्रतिश्ठानको प्राबिधिक सहयोगमा सम्पन्न भएको थियो ।

b-6

b-7

ear

blood-2

blood

blood-1