इटहरी :  निर्माण कार्यमा प्रयोग हुने हेभिइक्विपमेन्ट जेसिवी कम्पनीले हालै नेपाली बजारमा ल्याएको थ्रिडी सुपरको पुर्वी नेपालमा पनि विक्री शुरु भएकोछ ।

जेसिबीको नेपालको आधिकारीक विक्रेता एम ए डब्ल्यु अर्थमुभर्सको मोरगंको बलियामा रहेको शाखाले एक कार्यक्रम गरी थ्रिडी सुपरको विक्री वितरण शुरु गरेको हो । नयाँ प्रविधियुक्त सो जेसिवीको नेपाल हेभिइक्विपमेन्ट व्यवसायी संघका पुर्वाञ्चल अध्यक्ष धमेन्द्र श्रेष्ठले लन्चिगं गरेका हुन । उनले सो अवसरमा निर्माण कार्यलाई सहज वनाउन ठुला मेशिनरीहरुको महत्वपुर्ण भुमिका रहेको वताए।

जेसिबीको उत्पादन थ्रिडी सुपर पहिलेको भन्दा मर्मत कार्यमा समेत पाँच प्रतिशत सस्तो र तेल पनि दश प्रतिशत कम लाग्ने जेसिबी कम्पनीका कपिल श्रेष्ठले जानकारी दिए । उनले पहिलेको उत्पादनहरु भन्दा जेसिबीले अहिले उत्पादन गरेको थ्रिडी सुपर ३० नयाँ फिचर सहित बजारमा ल्याएको समेत जानकारी दिए । विक्रीका दृष्टिकोणले अरु कम्पनीका ठुला मेशिनरी भन्दा वढी विक्री हुदै आएको जेसिबी कम्पनीले नयाँ प्रविधि सहित बजारमा ल्याएको थ्रिडी सुपरको कारण समेत अझ बढी बजार पाउने उनको दाबी छ ।