काठमाडौं : थ्रीस्टार क्लब भुटानमा सम्पन्न ‘जिग्मे दोर्जी बाङ्चुक स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ ।

शुक्रबार भएको फाइनलमा भुटानको पारो फुटबल क्लबसँग १–० गोलले पराजित हुँदै थ्रीस्टार उपविजेतामै सीमित बनेको हो ।

पारोको जितमा एकमात्रै निर्णायक गोल चेन्चोले खेलको ७३ मिनेटमा गरेका थिए ।

खेलभरि उत्कृष्ट प्रदर्शन गरेका नेपाली यु–१९ गोलरक्षक तथा कप्तान अर्पण कार्कीले भुटानमा पहिलो उपाधि उचाल्न सफल भए । उनी भुटान पारो क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

यस्तै, पारो एफसीले सेमिफाइनल र फाइनलमा दुवै नेपाली टिमलाई पराजित गरेको थियो । सेमिफाइनलमा पारोले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालका दुईसहित १२ क्लबको सहभागिता थियो ।

3-v-b

bhutan