धरान  : मदिरा बजारलाई ब्यवस्थित र मर्यादित बनाउन जाउलाखेल गुप अफ ईण्डष्ट्रिजले बिभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियान अन्तर्गत होटलले पर्यटकको लागि कसरी जति सक्दो राम्रो तवरबाट सत्कार गर्न सक्छन् भन्ने बिषयलाई मुख्य प्राथमिकतामा राखेर होटलमा काम गर्ने वेटरहरुका लागि बार तालिम प्रदान कार्यक्रमको सुरुवात गरेको जाउलाखेल गुप अफ ईण्डष्ट्रिजका रणनीतिक बिभाग प्रमुख विजय मानन्धरले जानकारी दिएका छन् । आफुहरुले मदिरा बजारलाई ब्यवस्थित र मर्यादित बनाउन होटलमा काम गर्ने वेटर स्टाफका लागि रेष्टुरेन्ट ग्राहक सेवा तथा कक्टेल वार तालिम कार्यक्रम डिजाईन गरि देशभरी तालिम प्रदान गर्ने अभियान चलाएको उनको भनाइ छ । त्यही अभियान अन्तर्गत पहिलो कार्यक्रम चितवनमा सम्पन्न भएको छ ।    चितवनमा आयोजित तालिममा होटल तथा रेष्टुरेन्टका ५० जना बढि वेटरको सहभागिता रहेको थियो ।03-17-768x494

उनीहरुलाई मानन्धरले होटलमा आउने ग्राहकलाई कसरी राम्रो भन्दा राम्रो सेवा प्रदान गरी सन्तुष्ट बनाउन सकिन्छ भन्ने बिषयमा तालिम दिनु भएको थियो । ग्राहकलाई मुस्कान सहितको सेवा प्रदान गरी स्वस्थकर र हाईजेनिक खाना खुवाएर पटक पटक आउने बातावरण सृजना गर्न मुख्य भुमिका वेटरको हुने बताउदै उहाँले यस्ता बिषयमा होटलका वेटर बढी भन्दा बढि जिम्मेवार बन्नु पर्ने धारणा राख्नुभयो । आफुहरुले चितवनबाट कार्यक्रम सुरु गरेको र आन्तरिक पर्यटकको बढि चहलपहल हुने शहरहरु बिराटनगर, धरान, पोखरा, पाल्पा, गोरखा, लगायतका धेरै शहरमा कार्यक्रम गर्ने उनले बताए । २०१९ को अन्त्य सम्ममा देशका ३० वटा शहरमा ९० वटा कार्यक्रम गर्ने कम्पनीको लक्ष्य रहेको छ । यो कार्यक्रमको मुख्य उदेश्य पर्यटक सत्कारमा होटलका वेटरलाई बढि जिम्मेवार बनाउने र कक्टेलको पारखीका लागि नयाँ नया स्वाद कसरी चखाउन सकिन्छ त्यस तर्फ वेटरको ध्यान केन्द्रित गरी कक्टेलमा रमाउनेहरुका लागि पूर्ण सन्तुष्टि प्रदान गर्न मद्धत गर्नु रहेको उनको भनाइ छ ।


तालिममा सहभागिहरुले तालिम निकै उपयोगी लागेको बताउदै आगामी दिनमा ग्राहकलाई गर्ने ब्यवहार र सेवामा धेरै सुधार हुने विश्वास व्यक्त गरेका थिए । तालिममा कक्टेल बिज्ञ सन्तोष आचार्यले कक्टेल बनाउने तरिकाका बिषयमा प्रशिक्षण दिएका थिए । जाउलाखेल गुप अफ ईण्डष्ट्जिले बीरगन्जमा २, भैरहवामा २ र चितवनमा १ गरी ५ वटा मदिरा उद्योग सञ्चालन गरेको छ ।

जावलाखेल इण्डस्ट्रिजको उत्पादनमा मास्टर सेलेक्सन व्हिस्की,रुसलान अल्ट्रा प्रिमियम भोड्का, रुस्लान भोड्का, हिमालयन ब्राण्डी,ग्राण्ड मास्टर रम,रोयल ट्रेजर व्हिस्की, अल्टिमेट जिन,ब्लु डाईमण्ड,एक्स्ट्रा डई, ब्लयाक ओक,गोल्डेन ओक,वासट्राईनर प्रिमियम जर्मन बियर,नमस्ते क्लासिक लेगर बियर,माउण्टेन आईस प्रिमियम स्ट्रङ्ग वियर, लगायत रहेका छन् ।

02-19-768x494