धरान:आठौं राष्ट्रिय खेलकुदअन्र्तगत १ नं प्रदेश खेलकुद प्रतियोगितामा बास्केटवलतर्फ सुनसरी जिल्ला प्रदेश च्याम्पियन बनेको छ ।

धरानमा आज शनिबार सम्पन्न भएको फाइनल खेलमा इलाम जिल्लालाई २८–२५ को अन्तरले हराउदै सुनसरी प्रदेश च्याम्पियन बनेको हो । च्याम्यिन बनेसँगै सुनसरी जिल्ला स्वर्ण पदक हात पार्यो भने इलाम रजत पदकमै सिमित भयो । मोरङ जिल्ला तेस्रो हुदै काँस्य पदकमा चित्त बुझायो ।

अन्यन्तै प्रतिस्पर्धात्मक खेलमा सुनसरीले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः ९, ६, ६ र ७ स्कोर गरेको थियो भने इलामले क्रमशः ६, ६, ५ र ८ स्कोर गरेको थियो । सो खेलमा इलामका विजय बुर्जाले व्यक्तिगत सर्वाधिक १३ स्कोर गरे पनि टिमलाई जिताउन भने सकेनन् । महिलातर्फ भने प्रतियोगिता आयोजना नगरी छनौट खेल मात्र आयोजना गरिएको थियो ।

IMG_1620

विजेता खेलाडीहरुलाई क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, समापन समारोहका प्रमुख अतिथि एवं नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेती, जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए । सहभागी विभिन्न जिल्लाका खेलाडीहरुमध्ये उत्कृष्ट खेलाडी छनौट गरेर प्रदेश १ को महिला र पुरुष टिम तयार गरिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष नगरकोटीले जानकारी दिए ।

IMG_1628