इटहरी : पुर्वी नेपाललाई लक्षित गरी विभिन्न किसिमका टायलको सोरुम सुनसरीको इटहरी उपमहानगरपालिकामा मास सप्लायर्स प्रा.लि. सञ्चालनमा आएको छ ।

टायलको माग वढी रहेको तर्फ मध्यनजर गर्दै इटहरीलाई केन्द्रविन्दु वनाएर पुर्वी नेपालमै बजार विस्तार गर्ने लक्ष्यसहित सप्लायर्स सञ्चालनमा ल्याइएको हो । इटहरीका तीन व्यवसायीहरुको सामुहिक रुपमा सञ्चालनमा ल्याएको टायल विक्री केन्द्रमा विभिन्न एक सय २० प्रकारका टायल विक्रीका लागि राखिएको सञ्चालक गोविन्द रिजालले जानकारी दिए । टायलको माग पुर्वी नेपालमा वढी रहेको समयमा उपभोक्ताहरुलाई गुणस्तरीय टायल उपलव्ध गराउने गरी भारतको सोमानी कम्पनीका उत्पादनहरु विक्री गर्ने गरी राखिएको जानकारी दिइयो ।

पुर्वी नेपालमा विक्री हुदै आएका टायलहरुमा धेरै किसिमको टायल पाउने पहिलो दावी गरिएको मास सप्लायर्स प्रालिको उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेशकुमार विष्टले एक कार्यक्रम विच उद्घाटन गरे । उनले पुर्वको व्यापारीक केन्द्र इटहरीमा सबै प्रकारको टायल पाउने गरी सञ्चालनमा आएको सप्लायर्सले इटहरीको व्यवसायीक गतिविधि बढाउने विश्वास व्यक्त गरे ।