इटहरी : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने विरामीहरुको लागि आवश्यक रगतको अभाव भएको जानकारी पाएपछि इटहरीमा रहेको
विन्दवासीनी बचत तथा ऋण सहकारी सस्थाले आपतकालीन रक्तदान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी धरान रक्त संचार केन्द्रमा पुर्व क्षेत्रबाट सबै भन्दा बढी रगत इटहरीबाट संकलन हुने गरेको छ । सोही क्रममा इटहरीमा रहेको विन्दवासीनी बचत तथा ऋण सहकारी सस्थाले पनी उपचारमा आउने विरामीहरुलाई समस्या नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईट रक्तसंचार केन्द्र धरानका प्राविधिक सोम भण्डारी तथा दिनेश यादवको प्राविधिक सहयोगमा आयोजना रक्तदान गरिएको थियो ।

सो रक्तदान कार्यक्रममा ६६ जना महिला तथा पुरुषले रक्तदान गरेको कार्यक्रम संयोजक प्रदिप श्रेष्ठले जानकारी दिए । रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष शिवप्रसाद पराजुलीको अध्यक्षतामा भएको थियो । रक्तदान कार्यक्रममा सहयोग पुर्रयाउने रक्तदाताहरुलाई तत्काल सम्मान समेत गरिएको सहकारीका व्यवस्थापक डिल्ली आचार्यले जानकारी दिए ।