भोजपुर : जिल्लामा प्रधानमन्त्री अलैँची ‘जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।


अलैँची खेतीमा कृषकको आकर्षण बढी रहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्रविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो । सो कार्यक्रमअन्तर्गत जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म जोनमा आबद्ध छन् । साथै ३८ ले योजना माग गरेको परियोजनाको अलैँची जोन कार्यालयले जनाएको छ ।
अलैँची कृषकका समस्यालाई समाधानका लागि सहयोग गरेर कार्यक्रमलाई किसान लक्षित बनाइएको छ । अलैँची जोनका निमित्त प्रमुख खिरप्रसाद राईले विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम सञ्चालन गरिएको बताए ।
जिल्लाका नौ स्थानीय तहमध्ये छ स्थानीय तहका ३० वडामा अलैँची जोन परियोजाना सञ्चालनमा छ । परियोजनाअन्तर्गत अलैँचीको बिरुवासँगै प्राविधिक सहयोग पाएपछि कृषक उत्साहित बनेका हुन् । परियोजनाले कृषकको घरघरमै पुगेर उनीहरुका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको छ । सो कार्यक्रम सञ्चालन भएपछि अझै अलैँचीको उत्पादनमा वृद्धि हुने कृषकको भनाइ छ ।

सोही गाउँपालिका–७ कोटका अर्का कृषक देवीप्रसाद खतिवडाले सो कार्यक्रम सञ्चालनमा आएपछि धेरै कृषकहरु अलैँची खेतीमा लागेका बताए ।
जिल्लाको ६५० हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन भइरहेको र अझै एक हजार हेक्टर क्षत्रफलमा विस्तार गर्न सकिने अलैँची जोन कार्यालयले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत जिल्लामा रु ४९ लाख बराबरको कृषक लक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ ।