धरान: नवदुर्गा अटो प्यालेस धरानले आजदेखि प्रसिद्ध सुजुकी कम्पनीको नयाँ उत्पादन सुजुकी बर्गम्यान १२५ सिसिको स्कुटर लञ्च गरी बिक्री शुरु गरेको छ ।

धरान ८ स्थित प्यालेसले आज आइतबार एक कार्यक्रम आयोजना गरी नयाँ सुजुकी बर्गम्यानको लञ्च गरेको थियो । वरिष्ठ एवं अग्रज पत्रकार हर्ष सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार सुब्बाले स्कुटरको लञ्च गरेका थिए । कार्यक्रममा नेपालको लागि आधिकारिक बिक्रेता भि.सि.अटोमोवाइल्सका मार्केटिङ मेनेजर एन.के.सरद, जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई एकराज खड्का, पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष राजेश विद्रोहीलगायत अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

IMG_1833

भि.सि.का मार्केटिङ मेनेजर सरदले बर्गम्यान स्कुटरको बिशेषताहरुबारे जानकारी दिदै २.५ लिटरको पानीको बोतल राख्ने, मोवाइल चार्जर रहने ठाउँ पनि उपलब्ध भएकोले लामो यात्रा गर्न सहज हुने बताए । यस्तै, उनले जति पिकअप बढाए पनि हेड ल्याम्प समानरुपमा बल्ने, जापानिज प्रविधि भएकोले लाइट हत्तपत्त नजल्ने, सिट ठुलो भएकोले ठुलो ज्यानको मानिस अट्नसक्ने बताए । साथै, हिमाल पहाड र तराई जही पनि चलाउन उपयुक्त स्कुटर भएको उनको दाबी थियो । ‘चाबी(कि) पनि मल्टिफङ्सनवाला छ, ५ बर्षको वारेण्टी छ र जहाँ किने पनि जुनै ठाउँमा क्लेम गर्न सक्नुहुन्छ,’सरदले भने । चाडै नै सर्भिस एम्बुलेन्स भ्यान एउटा अञ्चलमा सञ्चालन गर्ने र समस्या आइपर्दा नजिकै सर्भिस सेन्टर नभए एम्बुलेन्सले ठाउँमा नै पुगेर सेवा दिने उनको भनाई थियो ।

IMG_1839

नवदुर्गा अटो प्यालेसका प्रोपाइटर दुर्गा भुजेलका अनुसार बर्गम्यान स्कुटरमा १४ इञ्च आकारकये ट्युबलेस ठुला टायरहरु छन् भने १२५ सिसिकये शक्तिशाली इञ्जिन जडान गरिएको छ । स्कुटरको अग्रभागमा डिस्क ब्रेक छ भने ५.६ लिटरको पेट्रोल क्षमता छ । स्कुटरमा डिजिटल ड्यासबोर्ड, एलइडि हेडलाइट, एलइडि टेल ल्याम्प जडान गरिएको प्रोपाइटर भुजेलले जानकारी दिए । यो स्कुटरको मुल्य २ लाख २९ हजार ९ सय कायम गरिएको छ । स्कुटरको लञ्चसँगै स्कुटर र्याली कार्यक्रम पनि आयोजना गरिएको थियो ।

IMG_1829