इटहरी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रको पक्षमा नरहेको बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख कृष्णबहादुर महरालाई पनि लोकतन्त्र र गणतन्त्रको पक्षमा नभएको आरोप लगाए । इटहरीमा आयोजित कांग्रेस कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले भने, ‘प्रधानमन्त्री संघीयताको पनि पक्षमा छैनन्, तर हामीले देशको जिम्मा लगाइसकेका छौ ।’

थापाले कार्यकर्तालाई सम्बोधन गर्दै थापाले भने वीपी कोइरालाले दुई तिहाई बहुमत ल्याउदा वीपीको समृद्धिको सपनाको केन्द्रमा विपन्न नेपाली नागरिक भएको बताए । तर, वर्तमान दुई तिहाईको सरकार भने विपन्न नागरिककै विरुद्धमा उभिएको नेता थापाल बताए । ‘वीपी कोइरालाको समृद्धिको सपनाको केन्द्रमा एउटा विपन्न नेपाली नागरिक थियो । निमुखालाई केन्द्रमा राखेर शासन गर्ने र जनताको जीवन उज्वल भए मेरो सरकार सफल हुन्छ, नभए सरकार असफल हुन्छ भन्ने वीपीको सिद्धान्तमा कांग्रेस छ, तर बर्तमान सरकार विपन्नको विरुद्धमा उभिएको छ,’नेता थापाले भने ।

IMG_20190224_123217

पाँच बर्षको लागि सत्तामा पुगेका प्रधानमन्त्रीले सोच र चिन्तनले देश चलाउनुपर्ने भएपनि त्यो नभएको नेता थापाको आरोप थियो । गिरिजाप्रसाद कोइरालाको उदाहरण दिदै उनले २०४८ सालमा कांग्रेसले शासन गर्दा नेपाल आर्थिक रुपमा कमजोर रहेको र त्यसलाई निर्मुल पार्न त्यसबेलाको सरकार केन्द्रीत भएको उनले बताए । वर्तमान सरकारको सपना भने मान्छेमा केन्द्रीत नभै पुर्वाधारमा मात्र भएको थापाले बताए । सरकारलाई ब्यंग्य गर्दै उनले भने,‘कसैले हाम्रो प्रधानमन्त्रीलाई विद्यालयमा शिक्षक छैन, शिक्षक दिनुहोस् न भन्दा प्रधानमन्त्रीले पहिला रेल बनाउँछु, शिक्षक रेल चढेर आउनेछ भन्नुहुन्छ ।’

युवाहरु रोजगारीका लागि बाहिरी मुलुकमा पलायन भएकोले नेपाल ७० बर्षको बुढ्यौली जस्तो भएको भन्दै थापाले भने,‘अहिलेको जापान जस्तै नेपालको हालत भएको छ । नेपाल जवानहरु बेच्ने र त्यसबाट आएको रकमले देश चलाउने भएको छ, यिनलाई नेपालमै रोजगारीको अवस्था सृजना गर्नु आवश्यक छ ।’ सरकारसँग रिसाएका मान्छेलाई कांग्रेसले सितलता दिनुपर्ने बताउँदै उनले विश्वास जित्नुपर्ने बताए । आचरण र नेतृत्वले विश्वास जित्नुपर्ने बताउँदै भने नेता थापाले भने,‘कांग्रेसको तागत बालुवाटार र सदन हैन, कांग्रेसको तागत सडक हो, हामीले सडकबाटै प्रजातन्त्र फर्काएका छौं ।’