विर्तामोड : झापाको कमल गाउँपालिका ३ स्थित सानुकेर्खा युवा क्लवको आयोजना तथा कमल गाउँपालिका वडा नं ३ को आर्थिक सहयोगमा सन्चालित अन्तर वडा स्तरिय भलिवल प्रतियोगिता को प्रथम उपाधि वडा नम्बर ४ ले जितेको छ । प्रथम पुरस्कार वापत कप सहित नगद ११ हजार ११ सय ११ रुपैया जितेको हो ।

त्यसैगरी प्रतियोगितामा वडा नम्बर ६ ले द्वितिय स्थान हाँसिल गर्न सफल भएको छ । उसले ट्रफि मेडल र सहित ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।
विजेता टिमलाई वडा नम्बर ६ का वडाअध्यक्ष नरेन्द्र भट्टराई र वडा नम्वर ७ का वडा अध्यक्ष पृथ्विपति राई, शिक्षक कुमार खडातिवडा लगायतले शिल्ड, प्रमाण पत्र र ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ४ का सुमन राई भए भने खेलको उत्कृष्ट खेलाडी वडा नम्बर ४ कै रोनिस राई भए । प्रतियोतिाका उत्कृष्ट दुबैजना खेलाडीलाई नगदसहित ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गरे ।
प्रतियोगितामा आयोजक सानुकेर्खा युवा क्लवसहित आठ वटा टिम सहभागी रहेको आयोजक क्लवमा सचिव तिलोचन गौतमले जानकारी दिए ।