इटहरी:सुनसरीमा रहेका गुरुङ महिलाहरुले दालमोठ भुजिया बनाउने तालिम सिक्न थालेका छन् ।

कार्यक्रममा शुभकामना मंतब्य राख्दै तमु छोंज धीं जिल्ला अध्यक्ष बकसमान गुरुङ, गुरुङ समाज प्रदेश १ का सचिव होम घले, इटहरी नगरका दिलीप गुरुङ लगायतले महिलाहरुले प्रशिक्षण लिएर त्यसलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोडदिए । उनीहरुले महिलाहरुले बिभिन्न प्रशिक्षण लिएर सीपमुलक भएको भए पनि त्यसलाई ब्यबहारमा लागु नगर्दा प्रशिक्षण लिनुको फाइदा नहुने बताएका थिए । कार्यक्रममा सुनसरी भरीका ४० जना महिलाहरुले दालमोठ भुजिया बनाउने प्रशिक्षण लिईरहेका छन् ।

आईतबारदेखि इटहरीमा सुरु भएको सीपमुलक दालमोठ भुजिया बनाउने प्रशिक्षण मंगलबारसम्म सञ्चालन हुने आयोजक जिल्ला तमुस्यो सुनसरीकी अध्यक्ष बिष्णुमाया गुरुङले बताईन् । उनका अनुसार महिलाहरु आफै आत्मनिर्भर बन्नका लागि सीपमुलक प्रशिक्षणको आयोजना गरिएको हो । तीन दिनसम्म प्रशिक्षण सञ्चालन हुनेभएपनि त्यसपछिका दिनहरुमा महिलाहरुले अाँफै भुजिया बनाउनुपर्ने र रोजगारीको अवसर सृजना गर्नुपर्ने उनले बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि तमुस्योकी केन्द्रीय सदस्य रत्न कुमारी गुरुङ रहेकी थिईन् । उनले महिलाहरुले सीप सिकेर त्यसलाई ब्यबहारमा लागु गर्नका निम्ति शुभकामना दिईन् । उनले महिलाहरुका लागि सीपमुलक कार्यक्रमको आयोजना गर्नु नव आगन्तुक विद्यार्थीका लागि मात्रै नभई समाजमा अन्य महिलाहरुमा उत्प्रेरित गर्नका लागि सघाउ पुग्ने भएकाले अनुकरणीय कार्यक्रमको आयोजना भएको बताईन् ।