इटहरी : इटहरीमा दुई हजार भन्दा बढी मानिस अट्ने क्षमताको आधुनिक सभाहल र सूचना केन्द्र सहितको निर्माणाधिन भवन पूरा गर्ने अभियानका साग सोमबारबाट श्रीमदभागवत सप्ताह महायज्ञ सुरु गरीएकोे छ ।


समाज कल्याण सत्संग समिति इटहरीको आयोजनामा भएको उक्त महायज्ञबाट छ तले भवन निर्माण गर्ने लक्ष्य लिइएको छ । अहिले भवनको काम तीन तला सकिएको अध्यक्ष अप्सरा भट्टराईले जानकारी दिईन् ।

करबी ९ करोड लागतमा सम्पन्न गर्ने अनुमान सहित भवनको अहिलेसम्म ३ करोड ५० लाख खर्च भइसकेको उनले बताईन् । उनका अनुसार महायज्ञबाट दुई करोड भन्दा बढी रुपैँया संकलन गर्ने लक्ष्य राखिएको छ ।