इटहरीःतरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले पशु पालनलाई व्यवस्थित बनाउनका लागि कृषकहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

कृषकहरु कृषि पेशामा आत्मनिर्भर बन्न नसकिरहेको र निरुत्साहित बनिरहेको भन्दै प्रदेश १ का कृषकहरुलाई केन्द्रले उत्साहित बनाउँनका लागि प्रशिक्षण कार्यक्रमको आयोजा गरेको हो । पशुपालन साथै कृषि पेशामा आत्मनिर्भर बन्नका लागि साथै उत्साहित रुपले कृषि पेशामा निरन्तरता लागि पर्नका लागि प्रशिक्षणको आयोजना गरिएको बताइएको छ । दुई दर्जन पशु प्राविधिकहरुहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा उन्नत जातको विकास, पशुपालन गर्ने शैली, पशु पालनका लागि नवीनतम् प्रविधि लगायतका विषयमा प्राविधिकहरुले सहजीकरण गरिएको थियो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख टीकाराम चापागाइको सभाध्यक्षता तथा धरान उपमहानगर पालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको प्रशिक्षणमा पशु प्राविधिक तथा कृषकहरुल कृषि क्षेत्र व्यवहारिक रुपमा उपेक्षामा परेको गुनासो गरेका थिए । साथै कृषि क्षेत्रले मूल्य नपाएकाले पनि कृषकहरु निराश बन्दै गएको गुनासो गर्दै असली कृषकले अनुदान नपाउने र बिचौलियाहरुले कृषकको नाम लिई धन आर्जन गर्ने गरेकाले आफूहरु निरुत्साहित बन्दै गएको बताइन् । उनीहरुले असली कृषकले अुनदान र कृषि क्षेत्रले मूल्य पाउनुपर्नेमा जोड दिएका थिए ।