अन्तर्रा्ष्ट्रिय अदालतले हिन्द महासागरमा रहेको चागोस टापुलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्न बेलायतलाई आदेश दिएको छ ।

सन् १९६५ मा मोरिसस बेलायतको उपनिवेसबाट मुक्त भएपछि चागोस टापुलाई आफ्नो दाबी गर्दै आएको थियो ।

तर यसअघि सन् १९६५ मै बेलायतले मोरिससबाट चागोस टापुलाई अलग गरेको घोषणा गरेको थियो ।

मोरिससले १८ औं शताब्दीदेखि नै यो टापुमा आफ्नो अधिकार रहेको भन्दै अन्तर्रा्ष्ट्रिय अदालतमा मुद्दा दायर गरेको थियो ।

उसले अन्तर्रा्ष्ट्रिय कानुनको उल्लंघन गर्दै बेलायतले १९६५ मा सो टापु हडपेको आरोप लगाएको थियो ।

अदालतले चागोस टापु मोरिससबाट वैध तवरले अलग नभएको फैसला गरेको हो ।

बेलायतले सो टापुलाई अलग भएको घोषणा गर्नु गैरकानुनी भएको अदालतको ठहर छ ।

अन्तर्रा्ष्ट्रिय अदालतका न्यायाधीश अब्दुलकवी अहमद युसुफले यो टापुबाट आफ्नो शासन तत्काल हटाउनु बेलायतको कर्तव्य भएको बताए ।

मोरिसस सरकारले अघिल्लो वर्ष सुनुवाईका क्रममा चागोस टापुलाई जबरजस्ती बेलायतले हडपेको बताएको थियो ।

बेलायतले भने यस विषयमा सुनुवाई गर्नु अन्तर्रा्ष्ट्रिय अदालतको क्षेत्राधिकार नभएको जनाएको थियो ।