धरान: किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको प्रचार अभियान अन्तर्गत धरानमा मंगलबार आयोजित बास्केटबल प्रतियोगितामा सुनसरी महिला बास्केटबल टिम विजेता बनेको छ ।

धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको बास्केटवल कोर्टमा आयोजित प्रतियोगितामा आयोजक यायोक्खाको टिमलाई ३१–२९ अंकले हराउदै सुनसरीको महिला टोली विजेता बनेको हो । विजेता बनेको सुनसरीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको आयोजकले नगद १ हजार ५ रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी, व्याक्तिगत पुुरस्कारतर्फ सुनसरीकी प्रिती राई ‘किरात प्लेयर’ घोषित हुदै एक थान बास्केटबल र नगद ५ सय रुपैयाँ प्राप्त गरिन् । बेष्ट प्लेयर सुनसरीकै आस्था राई घोषित बनिन् भने सित्तल तामाङ उदयीमान खेलाडी घोषित भइन् । दुवैले जनही नगद ५ सय रुपैयाँ थापे ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं भाषाविद् प्रा.डा टंक न्यौपाने, यायोक्खाका केन्द्रीय सदस्यद्वय सुभचन्द्र राई र दोर्पवज राई, यायोक्खाको जिल्ला अध्यक्ष बलराम राई, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई र नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामालगायतले नगद रकम हस्तान्तरण गरेका थिए । प्रतियोगिता धरान–१९ स्थित हरियाली सामुदायीक भवन परिषरको बास्केटबलमा भएको थियो ।