धरान : धनकुटामा जारी आठौँ राष्ट्रिय महिला फुटबलको लागि प्रदेशस्तरिय छनौैैट प्रतियोगितामा मंगलबार झापा, मोरङ र उदयपुर विजयी भएका छन् ।


पहिलो खेलमा झापाले सुनसरीलाई टाइबे्रकरमा ३–१ को गोल अन्तरले हराउदैँ अर्को चरणमा प्रबेश गर्यो । निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । झापाकी दिक्षा चौधरी ओम्यान अफ द म्याच घोषित भइन् ।

त्यसैगरी, दोस्रो खेलमा उदयपुरले ओखलढुंगालाई ७–० गोलको फराकिलो अन्तरले हराउदैँ उदयपुरले यात्रालाई अगाडी बढायो । खेलको वुमन अफ दि म्याच उदयपुरकी सरस्वती चौधरी घोषित भइन् । तेस्रो खेलमा मोरङले सखुवासभालाई ४–० गोलले हराउदै अर्को चरणको प्रबेश पाएको हो । खेलको वुमन अफ दि म्याच मोरङकी इमा राई घोषित भइन् । प्रतियोगितामा प्रदेश १ का १४ जिल्ला सहभागी रहेको आयोजकले जनाएको छ ।