हनोइ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच दोस्रो शिखर वार्ता आज हुँदैछ । वार्ताको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हिजो साँझ भियतनामको हनोइ पुगेका छन् ।

यसअघि उत्तर कोरियाली नेता किम तीन दिनको रेलयात्रापछि हिजै बिहान हनोइ पुगेका थिए । किमका साथमा उनकी बहिनी किम यो जोङ र प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि छन् ।

ट्रम्प र किमबीचको दोस्रो ऐतिहासिक वार्ता दुई दिनसम्म चल्नेछ । गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताका क्रममा भएका सहमति कार्यान्वयनको समीक्षा र परमाणु निःशस्त्रीकरणका बारेमा आज हुने वार्तामा छलफल हुने बताइएको छ ।