ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “म्याक्स हस्पिटलद्वारा दम्पती बन्धक” शीर्षकको समाचार छापिएको छ । विराटनगरको महेन्द्रचौकस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार खर्च तिर्न नसक्दा सुनसरी बराहक्षेत्र नगरापालिकाको एक परिवार बन्धक हुनु परेको छ । बराहक्षेत्र नगरपालिका ९ प्रकाशपुर घर भएकी सुरजा र उनका श्रीमान् वुद्धी चन्द्रबंशीले मृतक छोराको उपचार खर्च तिर्न नसक्दा उनीहरु अस्पतालमा बन्धक हुनुपरेको हो । चन्द्रबंशीको फागुन १३ गते इनरुवा अस्पतालमा छोरा जन्म भएको हो । नवजात छोराको टाउकोमा पानी जमेको कारण सो अस्पतालमा उपचार सम्भव नहुने बताएपछि नोबेल मडिकल कलेज ल्याएको सुरजाले बताईन् । छोराको उपचार एनआईसीयुमा राखेर गर्नुपर्ने भएपछि नोवेलमा एनआइसीयु खाली नभएपछि म्याक्स हस्पिटल भर्ना गरिएको थियो । अस्पतालमा ३ दिन राखेपछि विहिबार विहान अस्पतालले मृत घोषणा गरेको उनीहरुको भनाई छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “जैविक विविधता संकटमा” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सीमसारहरुमा बढ्दो मानव अतिक्रमण र प्रदुषणका कारण जैविक विविधता संकटमा पर्न थालेको छ । विशेषगरी सीमसारमा रमाउने पंक्षी, उभयचर, जलचर हराउन थालेका छन् । सीमसार क्षेत्रहरुमा वनभोज स्थल, पर्यटकीय स्थल बनाईने गरेका कारण त्यसबाट फैलिने प्रदुषणले जैविक विविधता संकटमा पर्न थालेको हो । तर नेपाल सरकारले सन् २०१४ मा राष्ट्रिय सीमसार नीति २०६९ जारी गरेको थियो । उक्त नीतिमा सीमसार क्षेत्रको पानी संरक्षण, वनस्पति, माछा, उभयचर, अन्य जनावरको बासस्थान लगायतका महत्वपूर्ण कार्य गर्ने प्रतिवद्धता जनाएको छ । तर, व्यवहारमा भने लागू हुन नसक्दा जैविक विविधता नष्ट हुने खतरा बढेको विज्ञहरु बताउँछन् । मानवीय अतिक्रमनका कारण सीमसारहरुमा देखिने आगन्तुक तथा पाहुना चराहरु मात्रै नभइ स्थानीय चराहरु पनि लोप हुन थालेको विज्ञहरुको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “विधुत अवरुद्ध हुँदा सास्ती” शीर्षकको समाचार छापिएको छ । पछिल्लो समय पहाडी जिल्ला तेह्रथुममा मौसम परिवर्तनसंगै हावाहुरी र वर्षाले विधुत् अवरुद्ध हुँदा जिल्लाबासी अन्धकारमा बस्न बाध्य भएको छन् । तेह्रथुममा २४ घण्टाभन्दा बढी समयदेखि विधुत अवरुद्ध हुँदा जिल्लाबासी अन्धकारमा बस्न बाध्य भएका हुन् । सामान्य वर्षासंगै आउने हावाहुरीले प्रसारण लाईनमा खरावी आउँदा घण्टौँ विजुली जादाँ उपभोक्ता सास्ती खेप्दै आएका छन् । प्राधीकरणले खराबी मर्मत गर्न ढिलो गर्दा जिल्लामा लामोसमयसम्म विरुद्ध भएको छ ।

त्यसैगरी आजको नागरिक पूर्वेलीमा “करेन्ट लागेर मृत्यु” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सप्तरीको खडक नगरपालिका ९ मा बुधबार करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् । वीरेन्द्रको उपचारको क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए । घाइते कृष्णको सोही अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सुचना टाँसेर प्रदेशसभा बैठक स्थगित” शीर्षकको समाचार छापिएको छ । विहीबारका लागि तोकिएको प्रदेशसभा बैठक सुचना टाँस गरेर स्थगित गरीएको छ । संसद सचिवालयका निमित्त सचिव अम्बिका प्रसाद चौलागाईले प्रदेशसभाको तेस्रो अधिवेशनको १२ औँ बैठकलाई फागुन १९ गते आइतबार दिउँसो १ बजेका लागि तोकिएको व्यहोराको सूचना टाँसेका हुन् । प्रदेश सभाको विहीबार बस्ने बैठक सूचना टाँसेर स्थगित भएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ताप्लेजुङको फुङलिङ नगरपालिका १० को सिस्नेभीरमा भएको हेलिकप्टर मृत्यु भएको थियो । उक्त घटनापछि संघीय सरकारले विहीबार राष्ट्रिय शोक भन्दै सार्वजनिक विदा घोषणा गरेको थियो ।