रोजगारीका लागि जापान जानेलाई एन ४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालको अधिकारीले एन ४ तहका जापानी भाषा उतीर्ण गर्नेहरु रोजागारीका लागि योग्य हुनेमा सहमति गरेका छन् ।

जापानी भाषामा एन–४ तह उतीर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गीभरको काममा जानेको हकमा भने एन ४ तहको भाषा पर्याप्त नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । केयर गिभरको काममा जाने वृद्धवृद्धासंग नजिकमा रहेर स्याहारसुसार गर्नुपर्ने भएकाले भाषामा बढी दक्ष हुनुपर्ने जापानी अधिकारीहरुले बताउने गरेका छन् ।

दुई महिनाअघि जापानको मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहीत छ । आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिएपनि मन्त्रालयले मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारी छ ।

–नागरिक पूर्वेलीबाट