खोटाङ ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मी बस्ने जय प्रसाद तामाङको घरमा आगलागी हुँदा करीब २० लाख ९ सय ५० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

बिहीवार विहान ४ बजे अचानक भएको आगलागीबाट तामाङको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठपात, कुखुरा १६ ओटा, नगद ३५ हजार ५ सय ५० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीको नाममा रहेको मोटरसाईकल १ थान जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।