इटहरी: सुनसरीको इटहरीमा रहेको विश्व आर्दश स्कुलले आफ्नो २१ औं वार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ ।

प्रबिधिको बिकास गर्दै बिद्यार्थीलाई समय सापेक्ष बनाउने उद्देश्यसहित स्थापना भएको स्कुलले आफ्नो बार्षिक उत्सव मनाएको हो । इटहरी व्यवसायिक केन्द्र मात्र नभएर शैक्षिक हवको रुपमा पनि बिकास भएको कारण शिक्षामा गुणस्तरीयता प्रदान गर्न विश्व आर्दश सफल बन्दै गएको स्कुलका प्रन्सिपल गणेश दुलालले बताए । करिब ३ हजारको संख्यामा बिद्यार्थीहरु अध्ययनरत छन् भने बिद्यालयले औपचारिक शिक्षासंगै व्यवहारिक शिक्षालाई पनि प्रथमिकत्तामा रखेको दुलालले बताए । बिद्यालयमा संगीत, खेलकुद, योगा लगायतका बिभिन्न छुटाछुटै विद्यामा पनि कक्षाहरु सञ्चालन हुने गरेको छ ।

विद्यार्थीहरुलाइृ व्यवहारिक ज्ञानको बिकास गर्दै समाजमा जस्तोसुकै परिस्थितिमा पनि सहभागी हुनसक्ने दक्षता प्रदान गर्न बिश्व आर्दश सफल बन्दै गएको अभिभावकहरुले समेत बताएका छन् । बिद्यालयले आफ्नो बार्षिक उत्सवको अवसरमा बिद्यार्थीहरुको प्रतिभालाई प्रस्तुत गरेको थियो भने प्रदर्शनी समेत गरेको छ । कार्यक्रममा समाजका बिभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मानसमेत गरेको छ । यसैक्रममा पत्रकारिता क्षेत्रमा योगदान दिएको भन्दै अग्रज पत्रकार याम प्रधान, स्कुल सञ्चालक गणेश श्रेष्ठ र रमेश घिमिरेलाई स्कुलले सम्मान गरेको छ । बिद्यालयले आगामी दिनहरुमा पनि बिभिन्न कार्यक्रम गर्दै जाने बताएको छ ।