इटहरी: सुनसरीको इटहरीमा श्री पाथीभरा तेक्वान्दो डोजांगको आयोजनामा प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीता शुरु भएको छ । खेलकुदको माध्यमबाट प्रदेश १ को इटहरीलाई पहिचान दिलाउने उद्देश्यसहित तेक्वान्दो प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिता भोली शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटनमा प्रदेश १ की उपसभामुख सरस्वती पोखरेल, कुसुम श्रेष्ठ, प्रदेश १ को तेक्वान्दो अध्यक्ष शैलेस बिष्ट लगायतको सहभागीता रहेको थियो । हलगडा बेविलोन स्कुलको प्रांगणमा हुने प्रतियोतिमा ताप्लेजुंग, इलाम, झापा, मोरंग, सुनसरी, उदयपुर, सोलुखुम्बु, खोटांग, धनकुटा र बिभागिय गरी ११ वटा टिमको सहभागीता रहने आयोजकले बताएको छ ।

प्रतियोगितामा पुरुष तर्फ २२ केजिदेखि ८० केजिसम्म र महिलातर्फ ३३ केजि देखि ५६ केजिसम्मको १७ वटा तौल समुहमा स्पर्धा हुनेछ । प्रतियोगितामा खेलाडीहरुलाई खान, बस्नको राम्रो व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै, प्रत्येक तौल समुहमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई मेडल तथा प्रमाण पत्र, सहभागी टिम प्रथम, दोश्रो र तेश्रोलाई सिल्ड तथा प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ ।

त्यसैगरि उत्कृष्ट पुरुष १ र महिला १ जनालाई नगदसहित प्रमाण पत्र बितरण गरिने छ । इटहरीलाई स्पोर्टस सिटीको रुपमा विकास गर्न यो प्रतियोगिताले पनि सहयोग मिल्ने आयोजकका संयोजक देशबन्धु कार्कीले बताए । प्रतियोगिताको लागि करिब ७ लाख ३५ हजार लागत अनुमान गरिएको छ ।