इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसको खेल मदानमा जारी प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिताको शुक्रवार  भएको खेलमा धनकुटा र राजघाट मोरङ बी भएको खेलमा धनकुटा विजयी बनेको छ ।

राजघाट मोरङ भेट्रान टिमलाई ० का विरुद्ध ४ गोलले पराजित गर्दै धनकुटा बिजयी भएको छ ।
धनकुटाका गुणराज राईले ह्याट्रिक क्रस गरे । राईले एक्लै ४ गोल गर्दा मोरङले १ गोल पनि फर्काउन सकेन । खेलको म्यान अफ द म्याच धनकुटाका उनै राई घोषित भए । प्रतियोगिताका विजेता टिमले नगद एक लाख १ हजार र उपविजेता टिलमाई नगद ५१ हजार सहित ट्रफि र मेडल रहने आयोजकले जनाएको छ ।
उक्त खेलमा दश वटा टिमको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।