धरान : धरानस्थित पब्लिक माध्यमिक विद्यालयमा पब्लिक सिर्जनशील विद्यार्थी संगठनले आयोजना गरेको “पब्लिक सिर्जनशील उपमहानगर स्तरिय अन्तर सामुदायिक मा.बि हाजिरिजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । “युवा शक्तिलाई जागरण गर्दै, कला र सस्कृतिको सम्मान गरौ” भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरीएको हो ।

उक्त हाजिरीजवाफ प्रतियोगितामा ११ वटा स्कुलहरुले सहभागीता जनाएका थिए । हाजिरी जवाफ प्रतियोगितामा प्रथम श्री शिक्षा निकेतन मा. बि., द्धितीय ज्ञानचक्षु, तृतीय पब्लिक मा. वि., चौथो सहिद स्मृति मा. वि भए भने क्रमशः शिल्ड, मेडल, डायरी र प्रमाणपत्र प्रदान गरीएको कार्यक्रमका संयोजक तथा संस्थाका सचिव युवराज राई (अलौकिक योद्धा)ले जानकारी दिए ।

पब्लिक सिर्जनशील विद्यार्थी संगठनको स्थापना वि. सं. २०७३ सालमा भएको हो । स्थापनाकाल देखिनै यस संगठनले विभिन्न गतिविधिहरु गर्दै आएका छन् । कला र सस्कृती जोगाउ भन्ने मनासायले बृहत सास्कृतिक कार्यक्रम, ब्याक्तिगत क्षमता बिकासको लागि कार्यक्रम, बालदिवस विशेष वक्तृत्वकला, छ दिने नेतृत्व तालिम, उद्घोषन तालिम, प्रदेश मेलामा कल्चरल फेशन शो, शुरज हुक्पा चोङबाङ द्वारा लिखित कबिता सङ्ग्रह “छापामारको कथा“ बिमोचन प्रकाशन लगायतका कार्यक्रमहरु आयोजना गरीसकेको उक्त संगठनले जनाए ।
कार्यक्रममा सभाध्यक्ष यम कुमार रसाईली, प्रमुख अतिथि हरि बहादुर कार्की, बिशिस्ट अतिथि इन्द्र मोहन झाको उपस्थिती रहेको थियो ।