इटहरी : पचरूखी युवा क्लब इटहरी ५ को आयोजनामा जारी प्रथम पचरूखी भेट्रान कप फुटबल प्रतियोगिताको तेस्रो दिन आज (शनिबार) प्रि क्वाटरफाइनल खेल आयोजक रातो भेट्रान र सि.एम.जी भेट्रान क्लब बिराटनगर बीच भएको खेलमा आयोजक रातो भेट्रानलाई पराजित गर्दै विराटनगर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि दोस्रो हाफको ७ औं मिनेटमा बिराटनगरका होम लिम्बूले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । प्रतिस्पर्धात्मक रुपमा भएको दोस्रो हाफको २६औँ मिनेटमा आयोजक रातो भेट्रानका पदम कार्कीले १ गोल फर्काउन सफल भएका थिए ।
खेलको निर्धा्रित समयमा बराबरी भएपछि ट्राइबेकर भएको थियो ।
ट्राइबेकरमा विराटनगरले आयोजक रातोलाई २ का विरुद्ध ४ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच विराटनगरका गोलकिपर, मित्रमान थापा मगर घोषित भए ।
प्रतियोगिताका विजेता टिमले नगद एक लाख १ हजार र उपविजेता टिलमाई नगद ५१ हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।