सिरियामा बिद्रोहीले सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको छ ।

घटनामा दर्जनौ घाइते भएका छन् । सिरियाली विद्रोही समूहको प्रभाव रहेको हामा क्षेत्रमा सुरक्षार्थ खटिएका फौजमाथि भएको आक्रमणमा उनीहरु मारिएका हुन् । सेनाले गस्ती गरिरहेको बेला विद्रोही समूहले धावा बोल्दा दुई समूहबीच झडपसमेत भएको थियो ।

सोही क्रममा पाँच जना ५ जना विद्रोहीको पनि मृत्यु भएको हामाको ग्रामिण इलाकाबाट युद्ध अनुगमन अधिकारीलाई उद्धृत गर्दै सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । बेलायतस्थित मानव अधिकारवादी उक्त समूहका अनुसार विद्रोहीले सेनाविरूद्धको आक्रमणपछि सेनाको हतियार लुटेर उक्तस्थानबाट भागेका छन् ।

झडप भएको क्षेत्र गत बर्ष रूस र टर्कीको पहलमा शान्ति क्षेत्र घोषणा गरिएको इलाका हो ।