धरान: हिमालय माउन्टेन ईन्ट्रीचिउट स्टोप प्रा.लि. र माथिल्लो अरुण उपत्यका विकास सरक्षण समितिको सहयोगमा धरान उपमहानगरपालिका वडा न ६ मार्ग चोउरी शान्ति टोलका गरिव तथा बिपन्न वर्गलाई आधुनिक चुला वितरण गरिएको छ ।

विपन्न बस्तीका २७ घर परिवारलाई आधुनिक चुल्हा वितरण गरिएको संस्थाका सदस्य मिङ्मा भोटेले बताए । खाना पकाउदा दाउराको प्रयोगबाट निस्कने धुँवाले स्वास्थ्यलाई समस्या हुने हुँदा यसबाट मुक्त गराउने उद्देश्यले चुला वितरण गरिएको उनले बताए । विपन्न परिवारलाई नेकपाका नेता मुक्साहाङ मेन्याङ्बोको प्रमुख आतिथ्यमा चुला वितरण गरिएको थियो । साथै, नेकपा नेताहरु आईन्द्रबिक्रम बेघा, चोत्लुङ , रमेश बस्नेत, महिला शक्ति समाज अध्यक्ष अन्जना राईको पनि उपस्थिति रहेको थियो । कार्यक्रम वडा नं ६ का अध्यक्ष भुबनसिंह बस्नेतको अध्यक्षतामा भएको थियो ।

chulaa

अमेरीकामा निर्माण गरि चाइनामा फिटिङ गरिएको आधुनिक चुलाको लागत प्रतिथान १५ हजार रुपैयाँ पर्ने जनाइएको छ । उक्त चुलाको उपयोगिताले वन जङ्गल जोगाउन पनि निक्कै उपयोगी हुने बताइएको छ । यो चुला पहिलाको तुलनामा ७०५ दाउरा कम लाग्ने, भरपर्दो र वायु प्रदुषण पनि कम गर्ने बताइएको छ । चुलोको माग र चुलोप्रति आकर्षण बढेमा फेरि सहयोगी सस्थालाई पहल गरि बितरण गरिने प्रमुख अतिथि तथा नेकपाका नेता मुक्साहङ्ले बताए । उक्त चुलो वडा न १५ का गरिब बिपन्न वर्गका २० घर परिवारलाई पनि बुधबार बितरण गरिने कार्यक्रम सहजीकरणकर्ता भोटेले बताए।