सुनसरी: सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१ बजारका ७० वर्षिय रतनलाल यादवको अज्ञात समूहले आईतबार राती घाटी थिचेर हत्या गरेको छ ।

घरमा एकलै रहेको अवस्थामा रातीको समयमा यादवको हत्या भएपनि सोमबार मध्यान मात्रै घटना बाहिर आएको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा चोटपटक लागेको र पलगंमा बाधिएको अवस्थामा शव पीडितको घरमै स्थानीयले फेला पारेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा खबर गरेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बताए ।

शवको प्रकृति हेर्दा हत्या भएको जिल्ला प्रहरी कार्यालयका फुँयालले बताए । घटनाको अनुसन्धानमा प्रहरी सहित कुकुर परिचालन भएको र शवको पोष्र्टमार्टम गर्न केही समयपछि इनरुवा अस्पताल लाने फुँयालले बताए । शव पोष्टमार्टम पछि थप घटनाको रहस्य बाहिर आउने प्रहरीले जनाएको छ । सुनसरीको रामधुनीमा यसअघि एक वृद्धको घाँटी रेटेर हत्या भएको थियो ।