भोजपुर : प्राकृतिक विपद्बाट हुने सम्भावित दुर्घटना न्यूनिकरण गर्ने तथा सर्वसाधारणलाई तत्काल सुरक्षा व्यवस्था उपलब्ध गराउने उद्देश्यले भोजपुरमा आपत्कालिन केन्द्र सञ्चालनमा आएको छ ।

चौबिसै घण्टा तत्पर रहनेगरी केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन भोजपुरले जनाएको छ । केन्द्रमा २ जना सशस्त्र प्रहरी तथा नेपाल प्रहरीमार्फत सुचना आदानप्रादान हुनेछ भने विपदमा परेका सर्वसाधारणलाई वितरण गरिने राहत उद्धार सामग्री स्काउटको भवनमा राखिएको छ । अपतकालिन केन्द्रको स्थापनापछि केन्द्रले जिल्लाभित्र घट्न सक्ने सम्भावित विपदसम्बन्धि सुचना संकलन गर्ने, त्यसको सुचना केन्द्रमा जानकारी गर्ने प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताईन् ।

–नयाँ पत्रिकाबाट