धरान (डेस्क) : खोटाङ जिल्लाकै लोकप्रीय तथा सर्वाधिक धनराशी भएका १० औँ संस्करणको बाक्सिला रनिङ गोल्डकप आगामी चैतमा हुने भएको छ ।

बाक्सिला रनिङ गोल्डकप एलाभेन साइजमा चैत २३ गत्तेबाट प्रतियोगिता सुरु हुने भएको हो । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, खेलाडी उत्पादन गर्ने उद्देश्यले विगतका वर्षहरुदेखि नै बाक्सिला रनिङ गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको आयोजकले जनाए ।

केपिलासगढी गाउँपालिका ४ बाक्सिलामा हुने सो प्रतियोगितामा एक टिममा अनिवार्य स्थानीय १२ जना हुनुपर्छ भने एक टिममा बाहिरको खेलाडी ४ जनासम्म राख्न पाउने तथा खेलाडीले सहभागीता जनाउन पाउने पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराए ।

b-press

प्रतियोगिताको विजेता टिमले १ लाख ५५ हजार ५ सय १०, उपविजेता टिमले ७५ हजार १० र सान्त्वना दुई टिमले जनही १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने ट्रफि, मेडल, प्रमाणपत्र पनि प्राप्त गर्नेछन् । चैत १४ गतेसम्म टीम दर्ता गर्न पाउने बाक्सिला फुटबल क्लबले जनाएको छ ।

टिम दर्ताका लागि दिक्तेलमा सनम राई (जोजो जि) ९८६२७४२८४६, ९८११७०१८३५ र बाक्सिलाका लागि रोशन श्रेष्ठ ९७४२०९१९७५ मा सम्पर्क गरेर टिम दर्ता गर्न सकिने आयोजकले जनाए । टिम दर्ताका लागि ५ हजार ५ सय १० रुपैयाँ लाग्नेछ । प्रतियोगिताको अन्तिम तयारी पुरा भएको चैत्र १५ गते पुनः दिक्तेलमा पत्रकार सम्मेलन गरी खेलको टाइसिट सार्वजनिक गरिने आयोजकले जनाए ।