इटहरी:नेपाल शिक्षक महासंघ सुनसरीको निर्वाचन अनिश्चित भएको भन्दै नेपाल शिक्षक संघ सुनसरीले आपत्ति जनाएको छ ।

मंगलबार इटहरीमा शिक्षक संघ सुनसरीले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठनको कारण शिक्षकहरुको छाता संगठनको निर्वाचन नभएको भन्दै शिक्षक संघले आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा तत्काल निर्वाचनको मिति तय गर्नका लागि समेत माग गरिएको छ । नेपाल शिक्षक संघ सुनसरीका अध्यक्ष बेणुप्रसाद सिग्देलले नेपाल राष्ट्रिय शिक्षक संघठनकै गैरजिम्मेवारका कारण समस्यामा भएको बताए । बरम्बार मिति तोके पनि नेपाल शिक्षक संघले निराधार हल्ला फिजाई बहाना बाजी गरेको सिग्देलको भनाई थियो ।