इटहरी : इटहरी– ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा जारी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिताको मङ्गलबार (आज) भएको खेलमा आयोजक हरियोसँग धनकुटा भेट्रान पराजित भएको छ ।

धनकुटाले पहिलो हाफको २ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए पनि जीत भने आयोजक हरियोले हात पार्न सफल भए ।

धनकुटाका रत्नबहादुर राईले खेलको २ मिनेटमै १ गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएपनि आयोजकले खेलको ४१ औँ मिनेटमा निर्मल राई र खेलको ४२ औँ मिनेटमा डेनिम राईले १–१ गोल गरेका थिए । सोही गोल नै निर्णायक भएको थियो । खेलको म्यान अफ द म्याच आयेजकका रामशरण चौधरी घोषित भए । प्रतियोगिताका विजेतालाई १ लाख १ हजार नगदसहित विभिन्न आकर्षक पुरस्कार रहेका छन् । त्यस्तै उपविजेतालाई भने ५१ हजार नगदसहित अन्य पुरस्कार रहेको आयोजकले जनाएको छ ।