बेलायतको लन्डनका तीन सार्वजनिक स्थलमा विस्फोटक पदार्थ फेला परेको छ ।

हिथ्रो विमानस्थल, लन्डन सिटी विमानस्थल र वाटरलू स्टेसनमा विस्फोटक पदार्थ फेला परेको हो । विस्फोटक पदार्थ भेटिएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै अनुसन्धान सुरु गरेको छ । प्रहरीले ए–फोर पोस्टल ब्यागभित्र विस्फोटक पदार्थ फेला परेको जनाएको छ ।

अलग–अलग ठाउँमा फेला परे पनि एउटै किसिमको विस्फोटक पदार्थ भएकाले घटनालाई जोडेर अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । पोस्टल ब्यागमा राखिएको विस्फोटक पदार्थ कसैले खोलेको भए तत्कालै विस्फोट हुने गरी राखिएको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।

तर ब्याक कसैले नखोलेकाले कुनै क्षति भने हुन पाएन । लन्डनका मेयर सादिक खानले चरमपन्थीहरुले आतंक सिर्जना गर्न विस्फोटक पदार्थ राखेको हुनसक्ने भन्दै अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।