कैलाली : टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो।

उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको हाे। जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो। यस्तै उक्त घटनामा ३ जनाले फैसला पाएका छन्। अन्य १२ जना ३ वर्ष कैदको सजायपछि छुट्नेछन् । घटनामा दोषी मानिएका लक्ष्मण थारुलाई ३ वर्ष कैद सजाय सुनाइएको छ ।

गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

प्रतिवादी तर्फबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, वीरबहादुर जेठारा, गम्भीर सिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए। बहस सकिए पनि समय अभावका कारण हिजो फैसला हुन सकेको थिएन । यो घटनाको आठौं पेसीमा बहसमा प्रवेश गरेको थियो। १२औं पेसीमा यसको फैसला हुन लागेको कैलाली जिल्ला अदालतले जनाएको छ। घटनाको सुनुवाइमा भएको ढिलाइलाई मध्यनजर गर्दै अदालतले मुद्दालाई गत बुधबारदेखि निरन्तरता दिएको थियो।