सुनसरी :१०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरी उपमहानगरपालिकामा महिला उद्यमीले उत्पादन गरेको समाग्री प्रर्दशनी सुरु भएको छ ।

इटहरी उपमहानगर परिसरमै भएको प्रदर्शनी पर्सि २४ गतेसम्म चल्ने छ । प्रर्दशनीमा महिला उद्यमीले उत्पादन गरेका विभिन्न समाग्रीका २८ वटा स्टलहरु राखिएको छ । महिला उद्यमीले उत्पादन गरेका समाग्रीहरुको बजारीकरणमा सहयोग पुरयाउन साथै प्रोत्साहन गर्न प्रर्दशनीको आयोजना गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । श्रमिक महिला दिवसकै अवसरमा हिजो मंगलबार खनारमा महिला मजदुरको स्वास्थ्य परीक्षण गरिएको थियो ।

mahila-udhamii

भोली बिहिबार विहान सय भन्दा वढि महिलाको सहभागितामा म्याराथुन दौड आयोजना गरिने पनि उपमहानगरले जनाएको छ । यस्तै, फागुन २३ गते नै अन्तरमावि स्तरीय वक्तृत्वकला आयोजन हुनेछ । प्रतियोगितामा छात्राहरुले वर्तमान राज्य संरचनामा महिला सहभागिता र श्रमिक महिला दिवसको विषयमा आफ्नो धारणा राख्नेछन् । यसैगरि, विभिन्न सात ठाँउमा स्वास्थ्य शिविर गरि पाठेघर खस्ने समस्याको जाँच र पाठेघरको मुखको क्यानसरको जाँच गरिने कार्यक्रम तय गरिएको छ । यस बर्ष लैङ्गिक समानताका लागि समान सोच र ब्यवहार,सम्वृद्धिको आधार भन्ने मूल नाराका साथ आठ मार्चका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइदै छ ।