इनरुवा : सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका २ मा माटो परीक्षण शिविर सम्पन्न भएको छ ।


घुम्ती माटो परीक्षण प्रयोगशाला मार्फत अनुपम तरकारी तथा फलफूल सहकारी संस्था देवानगञ्ज गाउँपालिका २ को आयोजनामा माटो परीक्षण शिविर सम्पन्न भएको हो ।
यहाँ किसानहरुको मागलाई मध्यनजर गरि गाउँमै घुम्ती माटो परीक्षण शिविर सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष रामवृक्ष मेहताले जानकारी दिए । सम्पन्न भएको शिविरमा एक सय तीन जना कृषकको जग्गाको माटो परीक्षण गरेको मेहताले बताए ।
परीक्षण गरिएको माटोमा बढीमा मात्रामा रसायनीक मलको प्रयोग गरेको कारणले माटोको क्षमतामा हस हुदै गएको माटो विज्ञ शिवनारायण मेहताले बताए ।

परीक्षण कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका पूर्व उपाध्यक्ष देवनारायण यादव, सहकारी संस्थाका पदाधिकारीहरु, देवानगञ्ज २ का वडा अध्यक्ष मजलुम मियाँ, आरएसडिसिका अध्यक्ष रफूल अंसारी, नेपाली काग्रेसका स्थानीय नेता जगधर यादव लगायतका अथितिहरुले माटोको उरवर्राका बारेमा बोलेका थिए ।
शिविरमा एक सय तीन वटा नमुना संकलन र परीक्षण गरिएकोमा किसानहरुको खेतमा माटो अवस्था बिग्रदै गएको देखाएको छ । परीक्षणमा पिएच, क्षारीय सन्तुलन कायम नभएकाले रसायनीक मलको प्रयोग कम गर्न र प्रागारिक मलको प्रयोग बनाउन सिफारीस गरिएको थियो । किसानलाई चुनको लागि समेत सिफारिस गरिएको जनाएको छ ।

यसैगरी माटोको अवस्था कस्तो छ ? भनेर समयसमयमा परीक्षण गर्नुपर्ने वरिष्ठ कृषि विकास अधिकृत वौलालाल चौधरीले बताए । साथै उनले माटोको उर्वरा शक्ति कति छ भनि परीक्षण गरिएको र राज्यले पनि विशेष नीति लिएर किसानहरुको माटो परीक्षणमा विशेष सहयोग गर्ने बताए ।
त्यस्तै माटोको परीक्षण पहिलो पटक गर्न आएको र माटो परीक्षण कार्यलाई राज्यले जोड दिएको भए किसानहरु आफ्नो माटोको बारेमा जानकारी पाउने किसान डुमरलाल मेहताले बताए ।