सुनसरी:१०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरीमा महिला म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ।

करिव सय जना महिला सहभागि प्रतियोगितामा इटहरी १० की यशोदा चौधरी प्रथम भइन् । इटहरी १ की रमिला वास्तोला दोस्रो र इटहरी ६ की प्रेरणा ठाकुर तेस्रो भएकी छिन् । प्रतियोगिता इटहरी उपमहानगरले आयोजना गरेको हो । दौड स्वास्थ्यका लागि फाइदाजनक भएकाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा म्याराथुन दौड आयोजना गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

यसैबिच इटहरीमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला उद्यमीले उत्पादन गरेको समाग्री प्रर्दशनी भइरहेको छ । इटहरी उपमहानगर परिसरमा जारी प्रदर्शनी भोलीसम्म रहने छ । भोली फागुन २४ गते कृषि तथा पशुपंक्षि विकास राज्यमन्त्री रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित ३ दिने कार्यक्रम समापन गरिने वताइएको छ ।