ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “आठ हजारका लागि वृद्धको हत्या” शीर्षकको समाचार छापिएको छ । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ३ कुरुलेतेनुपास्थित सोगुम घर भएका ६९ वर्षीय एक वृद्धको हत्यारालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ परेका हत्यारालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । वस्तु चराउन नयाँखोला गोठमा बस्दैँ आएका सन्तलाल याख्खा ‘बोलाउने नाम लेके बढाउ’ को तुम्बेवा गाउँपालिका वडा नं. ३ को २ वषीय मुकुन्दे भनिने रमेश लावतीले गत माघ ३ गते हत्या गरी फरार भएका थिए । फरार हत्यारा लावतीलाई प्रहरीले चौविसे गाउँपालिकाको मुढेबास नजिककैबाट पक्राउ गरेको जनाएको छ । वृद्ध याक्खालाई लावतीले लाठी प्रहार गरेर ढालेपछि गर्दनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको बयानमा उल्लेख छ । स्थायी घर चौबिसे कुरुलेतेनुपाको सोगुम भएपनि उनी गाउँभन्दा केही तल योभरा खोलाको दोभान नयाँखोलामा हिउँदको समयमा गाईवस्तु पालेर एकलै बस्ने गरेका थिए । अहिले पनि उनको गोठमा १८ वटा गाईगोरु रहेका छन् । उनले गत माघमा ३ हल गोरु बिक्री गर्न ८ हजार बैना लिएको र त्यही बैना लिएको पैसा लिन लावतीले हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक बयानमा खुलेको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रअले पूर्वविद्यार्थीलाई गर्भवती बनाएपछि” शीर्षकको समाचार छापिएको छ । धरान उपमहानगरपालिका ८ स्थित ल्यावोरेटरी माविका प्रध्यानध्यापक रुद्रबहादुर लुङ्वाले आफ्नै पूर्वििवद्यार्थीलाई गर्भवती बनाएको सार्वजनिक भएको छ । प्रध्यानाध्यापक लुङ्वाकी श्रीमती डोल्मा शेर्पाले ‘श्रीमान अर्कैसंग लागेको’ भन्दै अदालतमा मानाचामलको मुद्दा दिएपछि घटना बाहिर आएको हो । ३० वर्षीय ती युवतीलाई गत वर्ष लुङ्वाले नै कक्षा ८ मा भर्ना गराएका थिए । उनीहरुबिच प्रेम सम्बन्ध भएपछि ती युवतीले कक्षा ९ मा भर्ना गरीनन् । माओवादी दन्द्धकालमा पढ्न नपाएकी उनलाई पछि आफुले पहल गरेर विद्यालय भर्ना गरेका लुङ्वाले स्वीकारेका छन् । लुङ्वाले पदिय हिसाबले आफ्नो भएको स्वीकारदै विद्यालय व्यवस्थापन समितिसंग सरुवाको प्रक्रियाको मिलाइदिन एकसाता अघि नै आग्रह गरेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “मालपोत कर्मचारी छानविनमा” शीर्षकको समाचार छापिएको छ । भूमाफियाले कोसीटप्पु वन्यजन्तु आरक्षभित्रको तीन बिघा तीन कट्ठा दुई धुर जग्गा बिक्री प्रहरणमा मालपोत कार्यालयका कर्मचारीमाथि पनि छानविन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मालपोत कार्यालयबाट सम्पूर्ण विवरण झिकाएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ । साविक भासी वडा नं. ५ बस्ने निर्मलादेवी साहलाई ८० लाख रुपैयाँमा आरक्षभित्रका जग्गा बिक्री गरेको आरोपमा इटहरी वडा नं. १६ का ५६ वर्षीय असर्फी साहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । यसमा प्रहरीले मालपोतबाट जग्गासम्बन्धी सम्पूर्ण विवरण माग गरेकोमा प्राप्त भईनसकेको र विवरण प्राप्त भएपछि कर्मचारीमाथि अनुशन्धान थालिने छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “नेपाली टोलीको मनोबल उच्च” शीर्षकको समाचार छापिएको छ । अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको ईतिहास तीन दशक लामो भएपनि निरन्तर व्यवसायिक फुटबल खेल्न थालेको १ दशक भयो । सन् २०१० देखि निरन्तर अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी जनाइरहेको नेपाली अन्तर्राष्ट्रिय उपाधीविहीन छ । महिला साफ च्याम्पियनसिप फागुन २८ गतेदेखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुदैछ । घरेलु मैदानमा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता घरमै राखेर इतिहास रच्ने लक्ष्य रहेको महिला टोलीका प्रशिक्षक हरि खड्काले बताए ।