झापा : बिर्तामोडमा जारी चौथो झापा गोल्डकपमा आजदेखि सेमिफाईनलको खेल सुरु हुदैछ । आज हुने पहिलो सेमिफाईनल खेलमा आयोजक झापा ११ र थ्रिस्टार क्लब आमनेसामने हुदैछन् ।


दिउसो ३ बजेपछि फाईनल प्रेबशका लागि बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा यि दुई टोलीबिच भेट हुनेछ । यस्तै हिजो सम्पन्न अन्तिम क्वाटर फाईनल खेलमा विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबले रुपन्देही ११ एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
अन्तिम क्वार्टरफाइनल खेलमा दाउफिन्सले पहिलो हाफ र दोस्रो हाफमा एकएक गोल गरेको थियो । दाउफिन्सले अब सनिबार हुने दोश्रो तथा अन्तिम सेमिफाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग फाईनल प्रेबशका लागि प्रतिस्पर्धा गर्नेछ ।