झापा: झापा गोल्डकप फुटबलमा घरेलु टोली झापा ११ ले फाइनलमा स्थानमा सुरक्षित गरेको छ ।

बिर्तामोडस्थित झापाको डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको खेलमा निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । जसमा झापा ११ थ्रीस्टारविरुद्ध पेनाल्टी सुट आउटमा ३–१ गेल अन्तरले विजयी भएको हो ।

ट्राइब्रेकरमा सुरुआती २ प्रहार थ्रीस्टारका गोल किपर एलेन न्यौपानेले रोकेका थिए । झापाका कर्ण लिम्बु र हेमन गुरुङको प्रहार एलेनले बचाए । पुजन उपरकोटी र देबेन्द्र तामाङले गोल गरेका थिए । थ्रीस्टारका रञ्जित धिमालले गोल गर्दा बुद्ध चेम्जोङको प्रहार झापा ११ का दिनेश थापा मगरले बचाएका थिए । यसैगरी रुपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरिएको थियो । फाइनलमा झापा ११ ले सनिबार हुने दाउफिन्स र त्रिभुवन आर्मी विचको विजेतासँग सोमबार खेल्नेछ ।