विराटनगर : विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्रा्िष्ट्रय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्रचार समितिका संयोजक किरण राईले जानकारी दिए ।
साफ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने शहीद रङ्गशालाको रङ्गरोगन, महिलामैत्री रङ्गशाला, चेञ्जिङ रुम, महिलामैत्री शौचालय, खेलाडी, प्रशिक्षक बस्ने स्थान लगायतका अन्य सम्पूर्णकार्य सम्पन्न भएको उनले जानकारी दिए ।
संयोजक राईले विदेशी खेलाडीले अभ्यास गर्ने खेल मैदान विराटनगरको जुट मिल तथा दिल्ली पब्लिक स्कुल विराटनगर र सुनसरी दुहबीको खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापन लगायतका सबै तयारी पूरा भएको बताए ।
अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष कर्मा्िछरिङ शेर्पाले विराटनगरमा भएको खेल मैदान अन्तर्रा्िष्ट्रयस्तरको रहेको र आवश्यक सम्पूर्ण सुविधा खेलाडीलाई उपलब्ध गराइने बताए ।
उनले विराटनगरका खेल मैदानको सम्बन्धमा विश्व फुटबल सङ्घ, एशियन फुटबल र साफले मान्यता दिएको जानकारी दिए । उनले यहाँ हुने प्रतितियोगिता सफल बनाउन सबैको सहयोग आवश्यक छ भन्दै आगामी दिनमा पनि अन्तर्रा्िष्ट्रयस्तरको खेल पुनः ल्याउने विश्वास दिलाए ।
एशियन महिला फुटबलमा नेपाली महिला टिम अहिले १०८ स्थानमा रहे पनि ६० स्थानमा रहेको देशलाई पराजित गरेको उनले बताए ।

sff

प्रतियोगिताको प्रचारप्रसारका लागि मोरङ, सुनसरी, झापा लगायतका जिल्लाका स्थानीय पत्रपत्रिका, एफएम, स्थानीय टेलिभिजन, अनलाइनबाट प्रचारप्रसार गरिनुका साथै रिक्सा, भ्यानबाट प्रतियोगताबारे सर्वसाधारणलाई जानकारी गराइने बताइएको छ ।
संयोजक राईले नेपाल टेलिकम र एनसेलबाट छोटो सन्देश प्रवाह गरी सर्वसाधारण प्रतियोगिता सम्बन्धी जानकारी गराइने बताउनुभयो । रङ्गशालामा प्रतियोगिता अवधिभर चिकित्सकसहितको अन्तर्रा्िष्ट्रयस्तरको “हेल्थ डेक्स”स्थापना गरी तयारी अवस्थामा दुई वटा एम्बुलेन्स व्यवस्था गरिएको उनले बताए ।
प्रतियोगिता सञ्चालन गर्नका लागि विराटनगर महानगरपालिकाले रु एक करोड र प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको जानकारी दिदैं प्रतियोगितामा अन्तर्रा्िष्ट्रयस्तरबाट ३०० भन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशिक्षकको सहभागिता रहने छ ।
नेपाल, भारत, भुटान,, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने सो प्रतियोगितामा फागुन २८ गते नेपाल र भूटानबीच उद्घाटन खेल हुने छ ।
प्रतियोगिताको ‘ए’ समूहमा नेपाल, भूटान र बङ्गलादेश रहेको छ भने ‘वी’ समूहमा भारत, श्रीलङ्का र मालदिभ्सको महिला टिम छ ।