झापा: बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको फाईनल समिकरण आज पुरा हुदैछ ।

आज अपरान्ह् ३ बजेपछि बिदेशी टोली क्यामरुनको दाउफिन्स क्लब र बिभागिय टोली त्रिभूवन आर्मी डोमलाल राजबंशी रंगशालामा फाईनल प्रेबशका लागि आमने सामने हुनेछन् । यसअघि हिजो सम्पन्न पहिलो सेमिफाईनल खेलमा थ्रिस्टारलाई ट्राईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै झापा ११ फाईनलमा पुगिसकेको छ ।

हिजोको खेलमा निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । झापा ११ यो समेत गरि झापा गोल्डकपका सबै संस्करणमा फाईनलमा पुगेको छ । तर अहिलेसम्म उसले उपाधी आफ्ना पक्षमा पार्न सकिरहेको छैन ।