इलाम : किबी फलको खेतीलाई व्यवसायिक बनाएका किसानले यसको प्राविधिक पक्ष र बजार सम्भावनाबारे जानकारी लिने अवसर पाउँदैँछन् ।

सरकारले किसानलाई प्रोत्साहन गर्न ‘किबी जोन’ कार्यक्रम नै ल्याएपनि किसानले आफ्नो उत्पादनको बिक्रीमा पनि सहयोग पुग्ने आशा गरेका छन् । किबी खेती विस्तार गर्दै यसैमा किसानलाई व्यावसायिक बनाउने प्रयासमा यहाँका ७५ किसानलाई ७ दिने तालिमसमेत दिइएको छ । सन्दकपुर गाउँपालिकाको भेडीचौक सामुदायिक वनको कार्यालयमा आयोजित तालिममा सन्दकपुर र माइजोगमाई गाउँपालिका, इलाम नगरपालिका र पाँचथरका किसानसमेत सहभागी भए । किवी जोन परियोजना समितिका अध्यक्ष देउकुमार राईले किसानलार्इृ किबी खेतीको प्राविधिक र प्रशोधनबारे जानकारी दिईएको बताए ।

–नागरिक पूर्वेली दैनिकबाट