जनकपुर : प्रदेश २ मा आर्थिक क्रान्ति ल्याउने एक मात्र बाटो व्यावसायी रहेको भन्दै औद्योगिक ‘हव’ बनाउन वक्ताहरुले जोड दिएका छन् ।

शनिबार नेपाल धितोपत्र बोर्ड र जनकपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धी तथा लगानीकर्ता प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले प्रदेश २ लाई औद्योगिक ‘हव’ बनाउन जोड दिएको हो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैतले प्रदेश २ मा आर्थिक समृद्धि ल्याउन उद्योगिक विकासमा जोड दिनुपर्ने भन्दै नागरिकलाई सेयर बजारमा लगानी गर्न सुझाए । औद्योगिक विकासको सम्भावनाबारे चर्चा गर्दै पुँजी बजारको प्रवद्र्धन गरी प्रदेशलाई औद्योगिक ‘हव’ बनाउन सक्ने बताए ।

–नागरिक पूर्वेली दैनिकबाट