इनरुवा : सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ५ स्थित इलाका प्रहरी कार्यालय दुहवीको ब्यारेक भवन तथा भान्साघरको भवन निर्माण शिल्यान्यास कार्यक्रम आइतबार भएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीको ब्यारेक भवन तथा भान्साघरको भवन निर्माण शिल्यान्यास भएको छ । सो अवसरमा प्रमुख अतिथी प्रहरी नायब महानिरीक्षक (डीआइजी)केदार रिजालले ब्यारेक भवन तथा भान्साघरको भवन निर्माण शिल्यान्यास गरेका थिए ।
आज आइतबार बिहान भएको भवन निमाण शिल्यान्यास कार्यक्रममा सुनसरी प्रहरी प्रमुख राजन अधिकारी, मोरङका प्रहरी प्रमुख, सुरक्षा निकायका उच्च प्रमुखहरु लगायत दुहवी ५ का वडाध्यक्ष रमेश कुमार रौनीयार, एलेभेन एरोज क्लब दुहवीका अध्यक्ष दिपक राई, सन्चारकर्मी, वुद्धिजिवीहरु लगायतको उपस्थिति रहेको थियो ।


ब्यारेक भवन तथा भान्साघर लगायतका भवन निर्माण योजनामा लागत १ करोड ८३ लाख ५८ हजार ४ सय रुपैयाँ रहेको नेपाल सरकारको नियमित कार्यक्रम बजेटबाट सञ्चालित भवन निर्माण कार्य योजना २०७६ साल असोज १८ गते सम्पन्न गर्ने योजना रहेको दुहबी प्रहरी प्रमुख रामनाराण माझीले जानकारी दिए ।