पथरी: मोरङ्गको पथरीमा फागुन ३० गते मोरङ्ग जिल्ला क्याम्पसस्तरीय महिला भलिवल प्रतियोगिता हुने भएको छ ।

किरात राई खेलकुद संघले आइतवार पथरीमा पत्रकार सम्मेलन गरेर प्रतियोगीताका वारेमा जानकारी दिएको हो । भलिवल प्रतियोगीतामा मोरङ्ग भरीको ६ क्याम्पसको सहभागीता रहने प्रतियोगीताको विजयी हुने क्याम्पसले १५ हजार नगद र ट्रफी पाउने आयोजकले जनाएको छ । पथरीशनिश्चरेको सुनाखरी खेलमैदानमा हुने प्रतियोगीतामा उपविजेता क्याम्पसले १०हजार नगद र ट्रफी पाउने खेल संयोजक कुमार राईले जानकारी दिए । प्रतियोगितामा उर्लावारी क्याम्पस, पथरी वहुमुखी क्याम्पस, सुकुना वहुमुखी क्याम्पस, लेटाङ्ग वहुमुखी क्याम्पस, रमाइलो वहुमुखी क्याम्पस, भगवती वहुमुखी क्याम्पस वेलवारीको सहभागीता रहने आयोजकले जनाएको छ ।

मोरङ्गको विराटनगर वाहिरका क्याम्पसमा अध्यायनरत महिला भलिवल खेलाडीको पहिचान गर्न र भलिवल खेलप्रति लगाव वडाउन प्रतियोगीता आयोजना गरिएको संघकी मोरङ्ग जिल्ला अध्यक्ष निता कुलुङ्ग राईले जानकारी गराइन् । जिल्ला सचिव सन्तोष खालिङ्ग राईले प्रतियोगीता संन्चालन गर्न १ लाख २० हजार रकम खर्च हुने अनुमान गरिएको जानकारी दिए ।