धरान (डेस्क) : इलाममा जारी पाँचौ संस्करणको माईभ्याली गोल्डकप फुटबल प्रतियोगीतामा आज सोमबार हिमालयन शेर्पा क्लब र पाहुना टोली हङकङ नेप्लिज सोसाईटिबीच प्रतिस्पर्धा हुँदैछ ।

झापा गोल्डकपबाट नेपाली फुटबलमा यात्रा सुरु गरेको सोसाइटी, शेर्पाको चुनौती पन्छाउँदै गोल्डकपमा सुखद यात्राको खोजीमा छ । मोफसलका प्रतियोगीताहरुमा दमदार प्रर्दशन गर्न नसकेको शेर्पा भने आफ्नो लय समाउदै क्वार्टरफाइनल प्रवेशको योजनामा छ । ईलाम सदरमुकमास्थित ठुलो टुँडिखेलको मैदानमा दिउँसो २ बजेपछि २ टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ ।

आजको बिजेताले क्वाटरफाइनलमा ललितपुरे क्लब थ्रीस्टारको सामना गर्नेछ । यसअघि हिजो आइतबार भएको उद्घाटन खेलमा आयोजकलाई १–० गोल अन्तरले हराउँदै युनाईटेड एफसी दार्जीलिङ, प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको थियो । ३ विदेशीसहित १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले ७ लाख तथा उपविजेता टोलीले ४ लाख रुपैयाँ हात पार्नेछ ।