धरान (डेस्क) : पाँचौ महिला साफ फुटबल प्रतियोगितामा भाग विभिन्न देशका खेलाडीको टोली विराटनगर आईपुगेको आयोजकले जानकारी दिएको छ ।

मोफसलमा पहिलो पटक हुन लागेको उद्घाटन खेल नेपाल र भुटानबीच हुने छ । सहिद रंगशालामा हुने सो प्रतियोगिता भोली मङ्गलबारदेखी सुरु भएर आगामी चैत्र ८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता रहेको छ । प्रतियोगिताको ‘ए’ समूहमा नेपाल, भूटान र बङ्गलादेश रहेको छ भने ‘वी’ समूहमा भारत, श्रीलङ्का र मालदिभ्सको महिला टिम छ ।